इञ्जिनीयर्स एशोसिएसनको निर्वाचन आज



काठमाडौँ, मंसिर २८

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन आज काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ ।
निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ ।

दुवै समूहले निर्वाचन प्रचार सम्पन्न भएको जानकारी दिनुभएको छ । प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषध्यक्षमा जानुका थापाले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News