उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


 


उदयपुर, मंसिर २८

उदयपुरको लिम्चुङबुङ गाँउपालिका –४ मा गएराति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

लिमचुङबुङ ४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र त्यही ठाउँका स्थानीय २४ वर्षीय पवन राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताउनुभयो ।

ट्याक्टरमा चढेका अन्य ८ जना घाइते भएको एसपी राईले जानकारी दिनुभयो । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याईएको छ । दुर्घटना स्थल सदरमुकाम गाईघाटबाट ८० किलोमिटर विकट क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्