विद्यालयमा तीन गाग्रो पानी ल्याउन जागिर


 


पाँचथर, मंसिर २८

खानेपानी समस्या भएपछि पाँचथरको तुम्बेवा गाउँपालिकाको सरस्वती आधारभूत विद्यालयले पानी ल्याउन एकजनालाई जागिर दिएको छ ।
दैनिक तीन गाग्रो पानी बोकेर विद्यालयमा ल्याउने शर्तमा चन्द्रकुमारी तामाङलाई विद्यालयले गतवर्ष मंसिरदेखि मासिक तीन हजार रुपैयाँ दिने गरेको हो ।

यसअघि विद्यालयमा कक्षा ५ देखि ८ सम्म सञ्चालन गर्ने बेलामा अभिभावकहरुबाट संकलन गरिएको चन्दा वापतको एक लाख रुपैयाँको कोष खडा गरेको विद्यालयले पानी बोकेर ल्याउने चन्द्रकुमारीलाई कहिले कोषको ब्याज, कहिले साँवाबाटै रकम दिने गरेको हो ।

विद्यालयका प्रधानाध्यापक तिलक दाहालले चर्को घामले गर्दा तिर्खाएर विद्यार्थीहरु विद्यालय आसपासका घरमा पानी खान जाने, कोही पानी खाने निहुँ पारेर घर जाने र विद्यालयमा भएकाहरू पनि निदाउने गरेका कारण पठनपाठन नै प्रभावित भएपछि पानी बोक्ने कर्मचारी राखेको बताउनुभयो ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्