गायिका योजना पुरीको “ए !औठी खसेछ” सार्वजनिक


 


गायिका योजना पुरीको गीति एल्बम “योजना”को दास्रो गीत ए‘औठी खसेछ “बोलको गीत सार्वजनिक भएको छ। पुर्वका गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालाइ गायिका योजना पुरीले नयाँ पनमा गाएकी छिन्।उदयराज पौडेलको संगीत संमयोजन र मिक्सीङ माष्टरिङ महेश्वर मान राजभन्डारीको रहेको छ ।

भिडियोलाइ पनि असाध्यै सरल र हेर्न मन लाग्ने गरि भद्रगोलका काकु भनेर चर्चामा आएका दिपक आर्चयले निर्देशन गरेका हुन् भने हास्यकलाकार सितेबा र चन्द्रमुखीले अभिनय गरेका छन भने मुख्य भुमिकामा चर्चित मोडल करिश्मा ढकाल र अहिलेका जल्दाबल्दा मोडल बिकाश लामीछाने गरेका छन् ।

सुमनसागर जङ्ग केसीको कोरियोग्राफी रहेको गीतमा फर्फिङमा सुटिङ गरिएको हो ।गीतको म्युजिक भिडियोलाई रुरेश राउतले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो : 

https://www.youtube.com/watch?v=qEkUsN39uLw&feature=youtu.be&fbclid=IwAR2hEvN_7U6wKeCnBkiT8rJieF6LLMLRXicjHZMtivhWBtpKFtxfG0QhMgI

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्