कोलकत्तामा भेटिएको सुन गोरे समूहकै हुनसक्ने भन्दै अनुसन्धान सुरु



काठमाडौं, पुस १

भारतको कोलकत्तामा भेटिएको सुन गोरे समूहकै हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको छ। शुक्रबार भारतको राजस्व अनुसन्धान विभागका कर्मचारीले कोलकत्ताको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका थिए। उक्त ३३ किलो सुन कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भएको अवस्थामा बरामद भएको थियो।

कारबाट भारतीय अधिकारीले एक किलो दरका ३३ वटा सुनको बिस्कुट बरामद गरेका थिए। सुनसहित इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मापक्राउ परेका छन्।

दुई नेपालीसहित बरामद भएको ३३ किलो सुन नेपालबाट बाहिरिएको हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएको हो। गत वर्ष माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएसँगै साढे ३३ किलो सुन गायव भएको थियो।

हराएको सुन वेपत्ता पारेको भन्दै तस्कर समूहले सुनभरिया मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्यासमेत गरेका थिए।सुन तस्करी र सनम हत्याबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गत चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। तर, सुन अहिलेसम्म फेला पर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News