सही समाचार लेख्न सभामुख महराको आग्रह



काठमाडौं, पुस १

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गर्नु भयो ।

आज काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले संसदीय मामिला पत्रकारहरुको आवश्यकतालाई आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आश्वासन पनि दिनु भयो ।

सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले प्रतिनिधिसभा भवन मर्मत सम्भारका कारण संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News