सांसद् भट्टराईद्धारा घरभाडावापतको रकम फिर्ता गर्न संसद् सचिवालयलाई आग्रह



काठमाण्डौँ, पुस १

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले घरभाडावापत संसद सचिवालयले जम्मा गरिदिएको रकम फिर्ता गर्न आग्रह गर्नुभएको छ ।
उहाँले संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण आफ्ना नाममा संसद सचिवालयले घरभाडावापत रकम जम्मा गरिदिएको भन्दै यसप्रति दुःख व्यक्त गर्नुभएको हो ।

भट्टराईले आज एक बिज्ञप्ती प्रकाशीत गरी घरभाडा बापत आफ्नो नाममा जम्मा भएको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई आग्रह गर्नुभएको हो ।

यो २०७४ फागुनदेखि २०७५ मंसिरसम्मको दश महिने अवधिको रकम हो । बिज्ञप्तीमा उहाँले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News