नेकपाको स्थायी कमिटी बैठक : सरकार एकलौटी रुपमा ढंगले चलेको आरोप



काठमाण्डौँ, पुस २

नेकपाको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । बैठक गत शुक्रबारदेखि सुरु भएको हो ।  बैठकमा आज १० जना नेताले आफ्नो धारणा राखेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्षद्वय तथा अर्का नेता वामदेव गौतमले राखेको प्रतिवेदनका विषयमा पनि छलफल हुँदैछ । बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेतलगायत १० जना नेताहरुले आफ्नो धारणा रराख्नुभएको हो । बैठकमा हरिवोल गजुरेलले लिखतमै सुझाव पेश गर्नुभएको छ ।

बैठक भोली बिहान ८ बजेदेखि पुन बस्नेछ । शनिबारको बैठकमा फरक मत राख्ने नेता गौतमले सबैभन्दा पहिले धारणा राख्नुभयो । त्यसपछि हरिवल गजुरेलले लिखित प्रतिवेदन पेश गर्नुभएको थियो । नेता घनश्याम भुसालले ३० बुँदे असन्तुष्टि र सुझाव मौखिक पेश गर्नुभएको छ । अध्यक्षहरुको प्रतिवेदनमाथि टिप्पणी राख्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, अग्नि सापकोटा, शक्ती बस्नेत, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने र बेदुराम भुषाल रहनुभएको थियो ।

सरकार एकलौटी ढंगबाट चलेको, पार्टी एकिकरणमा बिलम्व गर्दा सर्बत्र आशंका र समस्या उब्जिएको असन्तुष्टि साझा थियो । हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक समिटको सरकार सह आयोजक बनेको बिषयमा समेत उहाँहरुले बिरोध जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News