राजधानीमा मोनोरेल चल्ने, बुधबार चिनियाँ कम्पनीसँग सम्झौँता हुँदै



काठमाण्डौँ, पुस ३

काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिन लागिएको हो । भोली राष्ट्रिय सभा गृह महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । सीआरसीसीले मोनोरेल निर्माणका लागि लागि काठमाडौं महानगर र ललितपुर महानगरसँग सम्झौता गरेको थियो । सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ ।

प्ररम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्छ र त्यसको ३ वर्षपछि मोनोरेल बनाइसकिन्छ । चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित सञ्चालन निर्माण कम्पनीले नै गर्ने प्रस्ताव छ ।

उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सीआरसीसीलाई वार्षिक रुपमा स्म्झौता अनुसारको रकम बुझाउनेछन् । काठमाडौं महानगरका प्रमुख शाक्यले स्थानीय तहको चुनावताका नै चक्रपथमा मोनोरेल निर्माण गर्ने महत्वकांक्षी योजना अघि सार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News