नेकपा स्थायी कमिटि बैठकमा आजपनि नेतृत्वको आलोचना



काठमाडौं, पुस ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा पनि नेतृत्वको आलोचना भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि भएको छलफलकाक्रममा स्थायी कमिटीका सदस्यहरुले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका हुन् ।

सरकार र पार्टी सन्चालनमा गम्भीर असहमति व्यक्त गर्दै उनीहरुले प्रधानमन्त्री ओलीको सरकार सन्चालन प्रक्रिया राम्रो नभएको र त्यसले पार्टीलाई दीर्घकालीन असर पार्ने चेतावनीसमेत दिएका छन् ।

आज बोल्ने ८ जना स्थायी कमिटी सदस्यहरुमध्ये केहीले भने नेतृत्वको बचाउ गरेका थिए । बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेस गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताउनुभयो । नेता योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैली मापदन्डअनुसार नभएको र एकलौटी ढंगले अगाडि बढेकाले त्यसलाई रोकिनुपर्ने बताउनुभयो ।

आजको बैठकमा केशव बडाल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो विचार राख्नुभएको थियो । शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सोमबार भएको छलफलमा नेता वामदेव गौतम र घनश्याम भुसालले नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको लामो समय भइसक्दासमेत तल्लो तहको एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन । अर्को बैठक भोलि बिहान ८ बजे फेरि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News