काँग्रेसको विवाद अझै टुंगो लागेन



काठमाडौं, पुस ३

नेपाली कांग्रेसमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन । महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा त्यसको छलफल नै प्रारम्भ हुन सकेको छैन ।

पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भईरहे पनि अन्तिम सहमति जुट्न नसक्दा महासमितिको बैठकमा त्यस विषयले प्रवेश पाउन नसकेको हो । पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले कुरा भइरहेको छ । तर त्यसको निर्वाचन पद्दतीमा कुरा मिल्न सकेको छैन ।

सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य इतरका सबै निर्वा्चित हुनुपर्ने पक्षमा छन् । पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका विषयमा पनि नेताहरुबीच कुरा बाझिएको छ ।

कांग्रेसको वर्तमान विधानमा असाधारण अवस्थामा चार वर्षे कार्यकाललाई पाँच वर्ष बनाउन सकिने छ । महासमितिको बैठकबाट विधान पारित हुने बित्तिकै कार्यन्वयनमा आउने भएकाले वर्तमान परिस्थितिलाइ असाधारण भन्न नमिल्ने पौडेल पक्षको मत छ भने असाधारण व्यवस्थाको परिभाषा वर्तमान विधानकै जस्तो हुने देउवा पक्षको मत छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News