कांग्रेसको विवाद मिल्यो, कोषाध्यक्ष र प्रवक्ताबाहेक निर्वाचित हुनुपर्ने



काठमाडौं, पुस ३

नेपाली कांग्रेसको पदाधिकारीसम्बन्धी जारी विवादका विषयमा टुङ्गो लागेको छ । कांग्रेसमा अब ९ जना पदाधिकारी हुने भएका छन् । देउवा र पौडेल पक्षबीच उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई–दुई जना बनाउन सहमति भएको हो ।

यी मध्य कोषाध्यक्ष र प्रवक्ताबाहेक अन्य सबै पदाधिकारी निर्वाचन मार्फत चयन हुने विषयमा पनि सहमति भएको छ । महाधिवेशनबाट चयन गर्ने पौडेल पक्षको माग सदर भएको छ । अन्य पदाधिकारीको प्रस्ताव भने सभापति देउवाले गरेका थिए । कोषध्यक्ष र प्रवक्ता भने मनोनित हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News