राजधानीमा मोनोरेल संचालन डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता



काठमाडौं, पुस ४

काठमाडौं र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।

चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको हो । आज काठमाडौंमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्पनी चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेडका ओभरसिज विजनेस म्यानेजमेन्ट विभागका प्रमुख झयु ग्वाङबिङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार अबको एक बर्ष्भित्र कम्पनीले डीपीआर तयार गर्ने छ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । कार्यक्रममा काठमाडौं महानगरका प्रमुख शाक्यले काठमाडौंमा ट्राफिक जामको समस्या हटाउनको लागि मोनोरेल आवाश्यक रहेको बताउनुभयो ।

उहाँले आफ्नै कार्यकालमा रेल चढ्ने चाहेकोले त्यो आवाश्यकता पूरा हुने गरि काम गर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनिँया कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News