दाङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु



दाङ, पुस ६

दाङमा विद्यार्थी बोकेको एउटा बस दुर्घटनामा पर्दा १० जनाको मृत्यु भएको छ । दाङबाट सल्यानको छत्रछायाँ पुगेर फर्किएको बस दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

ना ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको थियो । बसमा ३१ जना विद्यार्थी रहेको बताइएको छ । प्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक बोकेको बस दुर्घटनामा परेको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News