काङ्ग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त



काठमाडौँ, पुस ६

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

विपक्षी दलका नेता देउवाले आज शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News