हिउँदे अधिवेशनको तयारी पूरा



काठमाडौँ, पुस ६

संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसक्नुभएको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो ।

अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को अधिवेशन सञ्चालन गर्दै आएको छ । सचिवालयले प्रत्येक अधिवेशन शुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ ।

हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी सङ्घ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाँझिने पुराना कानूनलाई संविधानसम्मत तुल्याउने गरी कानून निर्माण गर्नेछ ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित सङ्घीय संसद्का दुवै सदन सञ्चालन हुने सभाहलको आज निरीक्षण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News