ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति : प्रधानमन्त्री ओली



काठमाडौँ, पुस ७

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति भएको उल्लेख गर्नुभएको छ । योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै चौध वर्षअघि ज्यापु दिवसको घोषणा गरेको हो । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातिका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको सन्देशमा उल्लेख गर्नुभएको छ । प्र

धानमन्त्री ओलीले ज्यापु संस्कृति विकास कोषले नेपालका मौलिक चाडपर्व र जात्रा मनाउँदै वेषभूषा, बाजागाजा, रीतिरिवाजलगायत सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकामा प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News