ए डिभिजन लिग : आज दुई खेल हुँदै


 


काठमाडौँ, पुस ७

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । दुवै खेल सशस्त्र प्रहरीको एपीएफ मैदान हलचोकमा हुने छ । आज विहान ११ बजे हुने पहिलो खेलमा दुवै ललितपुरे क्लब थ्री स्टार र च्यासल भिड्दै छन् ।

जारी प्रतियोगितामा थ्री स्टार ९ खेलमध्ये ७ खेलमा जित र एक खेलमा बराबरी तथा एक खेलमा पराजित हुँदै २२ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको थ्री स्टारभन्दा शीर्ष स्थानको मनाङको ५ अंक बढी भएकाले आजको खेलमा थ्री स्टार विजयी भए उपाधि होडमा आफूलाई पनि उभ्उने छ ।

नवौ चरणको खेलमा आर्मीसँग अन्तिम समयमा धैर्यता गुमाउँदा जितिसकेको गेम पनि बराबरी गर्दै अंक बाँड्न पुगेकाले आजको खेलमा जित्नै पर्ने बाध्यता रहेको छ ।

आजको खेलमा थ्री स्टार विजयी भए कम्तिमा २ घण्टाका लागि भए पनि दोस्रो स्थानमा उक्लने छ च्यासलले पनि जारी प्रतियोगितामा चार खेलमा जित र एक खेलमा बराबरी गर्दै १३ अंक जोडेको छ जारी प्रतियोगितामा शीर्ष स्थानमा रहेका मनाङ र संकटाले च्यासलविरुद्ध कठिन जित निकालेकाले आजको खेल रोेमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आजै दिउँसो साढे २ बजे संकटा र ब्रिगेड ब्वाईज भिड्ने छन् । संकटाले अहिलेसम्म ९ मध्ये ८ खेल जित्दै २४ अंकका साथ दोस्रो स्थानमा राख्दा ब्रिगेडले जारी लिगमा एउटा मात्रै जितको स्वाद चाखेको छ । आजको खेलमा संकटा विजयी भए शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ ।

प्रकाशित मिति: ७ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्