सरकारलाई असफल बनाउने प्रयास भईरहेको प्रधानमन्त्रीको दाबी



काठमाडौं, पुस ७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भइरहेको बताउनुभएको हो ।

आज काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले देशप्रति बेईमानी नगरी राष्ट्रिय स्वाभिमानका साथ सरकारले काम गरिरहेको दाबी पनि गर्नुभयो ।

देश विकासका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्नेहरुले केही पनि बिगार्न नसक्नेमा आफू ढुक्क रहेको पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले धराहरा पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहो¥याउनुभयो ।

उहाँले भूकम्पले ध्वस्त बनाएको रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाहरुको पुनर्निर्माणको काम आफू सरकारबाट हटनु परेपछि अलपत्र परेको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News