काँग्रेसभित्र हिन्दू राज्यको पक्षमा बहस सुरु भएकोमा प्रचण्डको आपत्ति



काठमाडौं, पुस ६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले काँग्रेसभित्र हिन्दू राज्यको पक्षमा बहस सूरु भएकोमा आपत्ति जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दू राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाएका हुन्।

शनिबार काठमाडौंमा ‘देश किन बनेन’ पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने काँग्रेस समाप्त भएर जाने चेतावनी दिए।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि काँग्रेस नेतृत्वलाई आग्रह गर्छुु उनले भने।

वर्तमान संविधानको पिता ठान्ने काँग्रेसले पार्टीका तत्कालीन सभापति सुशील कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दू राज्यको पक्षमा बहस सुरु गरेको छ, अध्यक्ष दाहालको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News