सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आजपनि



काठमाडौं, पुस ८

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरूले धारणा राख्नेक्रम आज पनि जारी रहने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा मंसिर २९ देखि जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हिजोसम्म ४६ स्थायी कमिटी सदस्यले धारणा राख्नुभएको छ । हिजोको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि हिजो मात्रै आएकाले आज बैठकमा धारणा राख्नु हुनेछ । बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । नेता छविलाल विश्वकर्माका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News