एनएमबि बैंकको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन


 


काठमाडौं, पुस ९

एनएमबि बैंक लिमिटेडको ३० प्रतिशत लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको २३ औं वार्षिक साधारण सभा पुस २६ गते बिहिबार बिहान ११ बजे आर्मी अफिसर्स क्लब , भद्रकाली काठमाडौंमा हुने निर्णय भएको छ । सभाका लागि बुक क्लोज पुस १० गतेदेखि पुस २६ गतेसम्म बन्द रहनेछ ।

सभामा चुक्ता पुँजीको २० प्रतिशतले नगद लाभांश र १० प्रतिशतले बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ । पुस ९ गते अर्थात आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछ ।

कम्पनीको वर्तमान जारी पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ दशमलव ०६ रुपैयाँबाट वृद्धि गरी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ दशमलव ९६ रुपैयाँ पुर्याउने स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्