“मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई आधुनिकरण गर्न आवश्यक”



झापा, पुस ९

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई आधुनिकरण गर्न आवश्यक रहेको बताउनु भएको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. ६ स्थित तल्लो रामचन्द्रे सिचाई उप–आयोजनाको आज शिलान्यास गर्नुहुदै मन्त्री कार्कीले बहुसंख्यक किसानहरु अझै पनि पूरानै कृषि परिपाटीमा रहेकाले अव त्यसलाई हटाउदै कृषि आधुनिकरण गर्न खाँचो भएको औल्याउनुभयो ।

झापा जिल्ला खेतीका लागी उर्वर भुमी भएकाले किसानहरुलाई सिंचाइको आवश्यकता रहेको वताउनुहुदै उहाँले यस क्षेत्रमा रहेका वाह्रै महिना पानी वग्ने खोलाहरुलाई तटवन्धन गरेर सिचाईको व्यवस्था मिलाउन सरकार लागी परेको वताउनुभयो ।

सिचाइको अभावमा किसानहरुले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न नसक्दा युवाहरु रोजगारीका लागी विदेश जान वाँध्य भएकाले आगामी दिनमा सिचाइको व्यवस्था मिलाई कृषि रोजगारीका अवसरहरु प्रदान गर्नेतर्फ सवैपक्ष लाग्नुपर्ने मन्त्री कार्कीको जोड थियो ।

मझौला सिंचाई आयोजना कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको नहरको निर्माण कार्य २ वर्ष ६ महिना भित्र सक्नु पर्ने सम्झौता छ । निर्माणको लागी नयाँ बाटो शिवाको सतासी जेवी कम्पनीले जिम्मा पाएको छ । निर्माण सम्पन्न भइसकेपछि गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ का ५ सय हेक्टर जमिन सिचाई सुविधा पुग्ने गर्न सकिने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

उक्त नहरमा १७ सय मिटर लम्बाई मुुुुख्य क्यानल रहने र २ हजार देखि २२ सय मिटर सम्म शाखा क्यानल निर्माण हुने जनाईएको छ । निर्माणका लागि साविक उर्जा तथा जलस्रोत मन्त्रालय हालको प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित रु ८ करोड ७९ लाख रूपैयाँ विनीयोजन गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News