प्रधानमन्त्रीद्धारा राजपासमक्ष एक हप्ताको समय माग



काठमाडौं, पुस १०

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपाललाई संविधान संशोधनलगायतका मागबारे ठोस धारणा दिन एक हप्ताको समय माग गर्नुभएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेको राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग आज बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत राजपाको मागमा ठोस धारणा दिन एक हप्ताको समय माग गर्नुभएको हो ।

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्यहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीज्यूले उहाँहरुले राखेका मागहरुलाई सकारात्मक ढंगले लिदै चाँडो भन्दा चाँडो समस्या हल गर्ने स्पष्ट पार्नुभयो’ उहाँले भन्नुभयो ।

संविधान संशोधन गर्नेलगायतका माग सम्बोधनको तयारी गर्न प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी, नेपालको नेतृत्वसँग एक हप्ताको समय पनि माग गर्नुभएको छ । एक हप्ताभित्र आफूहरुको माग सम्बोधनका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्रीले समय मागेको र आफूहरुले दिएको राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News