उर्लाबारीका क्यान्सर पिडित धिमाललाई रु १ लाख बढी सहयोग



उर्लाबारी, पुस १०

मुखमा क्यान्सर भएका मोरङको उर्लाबारी नगरपालिका – १ पात्रुमान धिमाललाई आज रु १ लाख ८ हजार सहयोग गरिएको छ । विदेशमा रहनुभएका नेपालीहरुबाट संकलन गरिएको सो रकम उर्लाबारी १ का वडाध्यक्ष मचिन्द्र कार्कीले क्यान्सर रोग पिडित धिमाललाई हस्तान्तरण गर्नुभएको थियो ।

सो रकम रेडियोकर्मी सम्झना राई र मात्रिका धिमालले संकलन गर्नुभएको थियो । सोही अवसरमा धिमालका ३ जना छोराहरुलाई रु २ हजार बराबरको स्टेशनरी सामान पनि हस्तान्तरण गरिएको थियो ।

धिमालको चितवनको भरतपुर क्यान्सर अस्पतालमा स्वास्थ्य जाँच गराएपनि उपचार सम्भव नभएपछि हाल घरमै बस्दै आउनुभएको छ । धिमालको खानपिन र परिवारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग जुटेको संकलनकर्ता सम्झना राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News