ए डिभिजन लिगमा आजदेखि ११ औं चरणको खेल शुरु हुँदै


 


काठमाण्डौँ, पुस ११

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि ११औं चरणको खेल शुरु हुँदै छ । जस अन्तर्गत आज ३ वटा खेल हुने छन् । एन्फा मैदानमा २ तथा एपीएफ मैदानमा एउटा खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

आज विहान ११ बजे हुने पहिलो खेलमा ८ औं स्थानमा रहेको हिमालयन शेर्पा र १२ औं स्थानमा रहेको ब्रिगेडको नतिजाले शीर्ष स्थानका क्लबलाई प्रभाव नपारे पनि सुपर सिक्सको यात्रामा भने अन्य क्लबलाई प्रभाव पार्ने छ । आज जित निकाल्दै शेर्पा पाँचौ स्थानमा उक्लने प्रयासमा हुँदा ब्रिगेड विजयी भए दुई स्थान माथि उक्लने छ ।

दिउँसो साढे २ बजे २ वटा खेल हुने छन् । एन्फा मैदानमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दा एपीएफ मैदानमा न्यूरोड टिम एनआरटी र फ्रेण्डस क्लब आमने सामने हुने छन् ।

१० औं स्थानको जावलाखेल विजयी भए एक खुड्किलो माथि उक्लने छ । तर मछिन्द्र विजयी हुँदा पुछारबाट पाचौं स्थानमा पुग्ने छ । एपीएफ मैदानमा एनआरटी पहिलो दोस्रो जितको खोजिमा हुँदा फ्रेण्ड्स तेस्रो जित निकाल्ने दाउँमा हुने छ ।

प्रकाशित मिति: ११ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्