सनराइज बैंकको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन


 


काठमाडौं, पुस ११

सनराइज बैंक लिमिटेडको नगद लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ११ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान १० बजे अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौंमा गर्ने भएको छ ।

सभामा ११ दशमलव ५० प्रतिशतका दरले ९३ करोड ७५ लाख ४३ हजार ९२२ दशमलव ८७ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव रहेको छ । सभाका लागि बुक क्लोज पुस १२ गते एक दिन लाई बन्द गर्ने भएको छ ।

उक्त लाभांशका आज सम्म कायम शेयरधनीहरुले मात्र पाउनेछ ।

प्रकाशित मिति: ११ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्