हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका निर्वाह गर्ने



काठमाडौँ, पुस ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ ।  नेकपा संसदीय दलको आज बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिनुभएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकले दलको विधान समेत पारित गरेको उहाँले बताउनुभयो । सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News