सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्नेमा दाहालको जोड



काठमाडौं, पुस ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले सामुहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले समन्वय गरेर अगाडि बढे मात्र पार्टी र सरकार सफल हुने धारणा राख्नुभएको थियो । दुई अध्यक्षले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे सदस्यले दिएको सुझाव समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाएर समस्या सामधान गर्न सकिने बताउनुभयो । दाहालले बैठकबाटै सबै बिवादको टुंगो लगाउनुपर्ने र स्थायी समितिबाटै कार्यदल बनाउन प्रस्ताव गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारको रक्षा, सरकारले गरेका राम्रा कामको प्रचारमा ध्यान दिन पनि सदस्यहरुलाई आग्रह गर्नुभयो । स्थायी कमिटीको भोलिको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News