भोजपुरमा आगलागीबाट रु १० लाखभन्दा बढी क्षति



भोजपुर, पुस ११

भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

यसैबीच गाउँपालिकाका उपप्रमुख सम्झना राई र प्रमुख प्रशासकीय अधिकृत शालिकराम भट्टराईले गाउँपालिकाका तर्फबाट आगलागी पीडित पौडेललाई राहतस्वरुप रु १० हजारको चेक आज हस्तान्तरण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News