इटहरीका मेयरको चासो ट्याङग्रापूल यथासिघ्र मर्मत होस्



इटहरी, पुस १२

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले इटहरीस्थित ट्याङग्रा पूलको मर्मत चाँडै गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

सिक्सलेन सडक प्रगतिवारे विराटनगरमा आयोजित समिक्षा कार्यक्रममा मेयर चौधरीले यथास्रिघ र्ममत संहार गर्न आग्रह गर्नुभएको हो । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई,आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की लगायत सहभागि कार्यक्रममा मेयर चौधरीले भन्नुभयो “जनताले यो काम नगरपालिकाले किन नगरेको हो भनेर प्रश्न गर्छन ,तर यो काम संघीय सरकारको हो, हामीले काम छिटो गर्न दवाव सृजना गर्ने हो,काम यथाशिघ्र हुनुपरयो ।

कार्यक्रममा सहभागि सडक डिभिजन कार्यालयका इन्जिनियरले टयाडग्रा पूल मर्मत संहार कार्य १ महिना भित्रमा गरिसक्ने प्रतिवद्धता जनाएका छन । टयाङग्रापूल मर्मत संहार नहुदा यातायात आवागमनमा समस्या हुदै आएको छ ।

पुलको दुवै पटिटका रेलिङ भत्किएका छन । पुलमा खाल्डाखुल्डी वनेका छन । लामो समयदेखि सम्वन्धित पक्षले चासो नदिदा सर्वसाधारणलाई हैरानी भइरहेको छ । त्यहाँ दिनमा पटक पटक सवारी जाम समेत हुदा यात्रुहरु पीडित हुदै आएका छन । पूलको मर्मत संहार नभएसम्म लगातार दवाव दिइरहने मेयर चौधरीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News