काँकड्भिट्टाको आगलागी नियन्त्रणमा, २१ घर जलेर नष्ट



झापा, पुस १२

झापाको मेचीनगर–६ काँकड्भिट्टा स्थित साठी बिघा भन्ने ठाउँमा आज राती भएको आगलागी नियन्त्रणमा आएको छ । राति करिब ८ बजे छविलाल लिम्बुको घरबाट सल्किएको आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिटाका डिएसपी महेश थापाले जानकारी दिनुभयो ।

आगलागीबाट २१ वटा घर जलेर नष्ट भएकाृे स्थानिय पुरकार कार्कीले बताउनुभयो । आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासी मिलेर जुटेको प्रहरीले जनाएको छ । आगोका कारण ५ वटा बढी ग्यास सिलिन्डर पड्किँएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन। उक्त क्षेत्र काँकडभिट्टा बजारको बधशालाक्षेत्र हो। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको स्थानियको अनुमान छ । क्षतीको विबरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News