सुनकोशी गाँउपालिकामा माछापुच्छ्रे बैंकको नयाँ शाखा उद्घाटन


 


काठमाडौं, पुस १३
माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

बैंकले पुस १२ गते ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले संयुक्त रुपले गर्नुभयो ।

यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: १३ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्