आईतबार उर्लाबारीका बिद्यालयमा विदा (सुचनासहित )


 


उर्लाबारी, पुस १४

गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा उर्लाबारी नगरपालिकाले आईतबार नगरभित्रका बिद्यालयमा विदा दिएको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै ल्होसारको अवसरमा सामुदायिक र संस्थागत बिद्यालयहरुमा विदा दिएको हो ।

देशको न्युजसँग कुरा गर्दै नगर प्रमुख खड्ग फागोले नगरपालिकाको पुस १३ गतेको निर्णय अनुसार बिद्यालयमा विदा दिईएको बताउनुभयो । नगरपालिकाले तमू ल्होसारको अवसरमा शूभकामना पनि ब्यक्त गरेको छ ।

प्रकाशित मिति: १४ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्