इटहरीका बालबालिकाले पैसा उठाएर न्यानो कपडा वितरण गरे



इटहरी, पुस १४

सुनसरीको इटहरी ९ का वालवालिकाले उदाहरणीय कार्य गरेका छन । हाम्रो आवाज वाल सञ्जालका वालवालिकाले पैसा उठाएर न्यानो कपडा खरिद गरि अति विपन्न परिवारका वालवालिकालाई वितरण गरेका हुन ।

इटहरी ९ मरिक वस्तिका जाडोपीडित अतिविपन्न परिवारका ४० जना वालवालिकालाई इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच न्यायो कपडा वितरण गर्नुभयो ।

वालवालिकाले चन्दा उठाएर अतिविपन्न परिवारका वालवालिकालाई टोपी,स्वीटर,ट्राउजर,मोजा वितरण गरिएको हाम्रो आवाज वाल सञ्जालका कार्यवाहक अध्यक्ष कञ्जन पौडेलले वताउनुभयो । यो कार्य हामी वालवालिका पनि समाजका लागि उल्लेख्य कार्य गर्न सक्छौ भन्ने उदाहरण भएको अध्यक्ष पौडेलले वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News