पाँचथरका विभिन्न स्थानमा हिमपात



पाँचथर, पुस १४

पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ ।

त्यस क्षेत्रमा डेढ फिट बाक्लो हिउँ परेको छ । हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारीसाधन समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपातपछि चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ ।

जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिनलगायतका स्थानमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् । कहिल्यै हिउँ नपर्ने स्थान पाँचथरको घुर्विसे पञ्चमीमा समेत हिउँ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको स्थानीयवासी सुजन चेम्जोङले बताउनुभयो ।

हिउँ परेपछि त्यस क्षेत्र हिउँ खेल्ने स्थानीय पर्यटकको घुइँचो लागेको छ । सदरमुकाम फिदिम बजारका स्थानीयवासी पौवाभन्ज्याङ, सुकेपोखरी, साँधुटार लगायतका स्थानमा हिउँ खेल्ने गर्छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News