बिद्यार्थीलाई न्यानो कपडा वितरण



उर्लाबारी, पुस १४

सुन्दर समाज नेपाल र लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले शनिवार झापाको दमक – ३ दुम्सेस्थित चुलाचुली आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

बिद्यालयको कक्षा १ देखी ५ सम्मका ७९ जना बिद्यार्थीलाई न्यानो कपडा स्विटर वितरण गरिएको लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजकी अध्यक्ष गंगा ढकालले जानकारी दिनुभयो । सो कार्यक्रम दमक – ३ का वडाध्यक्ष नविन बरालको प्रमुख आतिथ्यता तथा सुन्दर समाज नेपाली अध्यक्ष रुपा सेलिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिद्यालयको तर्फबाट तुलानाथ भट्टराई, विशिष्ट अतिथी लायन्स क्लब अफ नेपालकी जोन चेयर पर्सन सम्झना खतिवडा (आचार्य) लगायतले मन्तव्य राख्नुभएको थियो ।

दुबै संस्थाकी आयोजनामा आगामी दिनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने तयारी पनि भईरहेको र १०० पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको सो अवसरमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News