बैंक तथा वित्त समूह नै अग्रस्थानमा


 


काठमाडौँ, पुस १४

धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् ।

दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् । यस्तै नेपाल क्रेडिट एउण्ड कर्मस बैंकको ४४९, प्रभु बैंकको ४३३, ग्लोबल आइएमइ बैंकको ३८४, जलविद्युत् लगानी तथा विकास कम्पनीको २५८, लुम्बिनी विकास बैंकको २५६ र नेपाल इन्भेस्टमेन्ट बैंकको २३९ कित्ता शेयर खरीद बिक्री भएका छन् ।

स्टकमा यस साता विभिन्न चार कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख २९ हजार कित्ता बोनस शेयर सूचीकृत भएका छन् । यस्तै जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता, ओरियन्ट होटलको १४ लाख एक हजार ३५४ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको दुई लाख ४४ हजार ९९५ कित्ता बोनस शेयरसमेत सूचीकृत भएका छन् ।

यस्तै बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम नै अग्रस्थानमा छ । सो कम्पनीको रु एक अर्ब १९ अर्ब ५५ करोड बराबरको बजार पूँजीकरण रहेको छ । यस्तै दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक छ ।

सो बैंकको रु ७१ अर्ब ७२ करोड ७९ लाख बराबरको बजार पूँजीकरण रहेको छ । तेस्रोमा नवील बैंक, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, पाँचौँमा स्ट्याण्र्डड चार्टड बैंक, छैटौँमा एभरेष्ट बैंक रहेको छ ।

स्टकका अनुसार गत साताको कारोवारका आधारमा सातौँमा हिमालयन बैंक, आठौँमा एनआइसी एशिया बैंक, नवौँमा नेपाल एसबिआइ बैंक र दशौँमा एनएमबी बैंक रहेको छ । रासस

प्रकाशित मिति: १४ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्