उर्लाबारीमा पनि मनाईयो तमू ल्होसार



उर्लाबारी, पुस १५

कुकुर वर्गको बिदाइ गर्दै मृग वर्गको स्वागतमा तमू समुदायले आज ल्होसार मनाएका छन् । ल्होको अर्थ वर्ग हुन्छ भने सारको अर्थ सार्नु भन्ने लाग्छ । एउटा वर्गबाट अर्काे वर्गमा सार्ने प्रक्रियालाई नै ल्होसार भनिन्छ ।

एउटा वर्गको चक्रीय अवस्था पूरा भई अर्काे चक्रमा प्रवेशको अवसरमा नया वर्ष अथवा सम्वत मनाउने गरिएको छ । यसैक्रममा उर्लाबारी–३ मा आज तमु ह््यूल छोज धी गुरुङ राष्ट्रिय परिषद्ले सांस्कृतिक कार्यक्रम गर्दै तमु ल्होसार मनाएको छ । ल्होसारको अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम गरिएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा परिषद्का अध्यक्ष मदनकुमार गुरुङको सभापतित्वमा भएको थियो । कार्यक्रम सञ्चालन सर्सू गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तब्य कमल गुरुङले गर्नुभएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेबी भण्डारी, उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News