नेकपा कार्यदलको बैठक बस्दै



काठमाडौँ, पुस १६

नेपाल कम्युनिस्ट पार्टी नेकपाले एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ।मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएकोु कार्यदल सदस्य वेदुराम भुसालले जानकारी दिनुभयो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ। यद्यपि, आजको बैठक कार्यदलको छुट्टै भने बस्ने छैन। अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिने बताइएको छ।

नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News