वर्तमान सरकारले एकता र मेलमिलाप नरुचाएको देउवाको आरोप



काठमाण्डौँ, पुस १६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकता र मेलमिलाप नरुचाएको आरोप लगाउनु भएको छ । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार मेलमिलापलाई लत्याएर एकलौटीरुपमा हिँड्न चाहेको बताउनुभयो ।

बीपी कोइरालाको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ थियो । एकलौटी हिँडेर गन्तव्यमा पुग्न कठिन हुने भन्दै देउवाले ढिलो–चाँडो वर्तमान सरकार मेलमिलाप र एकतामा आउने विश्वास व्यक्त गर्नुभयोे ।

उहाँले कांग्रेसले प्रजातन्त्रका लागि कसैसँग सम्झौता नगर्ने पनि बताउनुभयो । सरकारले जनचाहना अनुसार काम गर्न नसकेकाले वर्तमान सरकारको औचित्य समाप्त भएको उहाँको भनाइ थियो ।

देउवाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको संरक्षण सरकारले गरेको आरोपसमेत लगाउनुभयो । कांग्रेस नेता नरहरि आर्चाय र गगन थापाले मेलमिलापबाटमात्र समृद्धि सम्भव हुने बताउनुभयो । बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिबाट नेपालका राजनीतिक पार्टीले पाठ सिक्नुपर्ने उहाँहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News