देश अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर : प्रचण्ड


 


काठमाण्डौँ, पुस १६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोतिर जान लागेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट नेकपामा विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई सोमबार दिउँसो आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ । त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’

अध्यक्ष प्रचण्डले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरूबीच समझदारी गराएर गणतन्त्र र समावेसी सम्भव भएको बताउनुभयो । प्राप्त उपलब्धि सानो र सजिलो गरी नभई हजारौँको बलिदानबाट भएको उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति: १६ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्