ए डिभिजन लिगमा आज दुई खेल हुँदै


 


काठमाडौं, पुस १७

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । दुवै खेल दिउँसो साढे २ बजे शुरु हुनेछ । एन्फा मैदान सातदोबाटोमा हुने खेलमा सरस्वती युवा क्लब र च्यासल युथ क्लब भिड्ने छन् ।

१२ औं चरणको लिग जारी रहँदा च्यासल १५ अंक सहित आठौं स्थानमा छ भने १० अंक जोडेको सरस्वती १० औं स्थानमा रहेको छ । आजको खेलमा च्यासल विजयी भए नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्दै छैटौं स्थानमा उक्लने छ ।

सरस्वती विजयी हुँदा एक स्थान माथि उक्लने छ । यस्तै एपीएफ मैदानमा दुई विभागीय क्लब नेपाल पुलिस र एपीएफ आमने सामने हुँनेछन् ।

पुलिस जारी लिग टप फाइभ भित्रै रहेर समापन गर्ने दाउँमा रहेकाले आजको खेलमा विजयी भए तालिकामा अंक थप गरे पनि पाँचौ स्थानमा यथावत रहने छ । तर सातौं स्थानको एपीएफ बिजयी भए पुलिसलाई छैटौं स्थानमा झारेर पाँचौ स्थानमा पुग्ने छ ।

प्रकाशित मिति: १७ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्