इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु



काठमाडौँ, पुस १७

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।

ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।

विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ । सन् २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई विश्वभर भब्य रुपमा स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News