भोजपुरको जाल्पा माविमा विद्युतिय हाजिरी


 


सुदीप अधिकारी
भोजपुर, पुस १७
भोजपुरको साल्पासिलिछो गाउँपालिकाले बिद्धुतीय हाजिरी प्रबिधिको शुरुवात गरेको छ । चौकीडाँडास्थित गाउँकार्यपालिका कार्यालय नजिकैको जाल्पा माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी प्रबिधि स्थापना गरी यसको शुरुवात गरिएको हो ।

गाउँपालिका प्रमुख महेश राईले यसको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयमा क्रमशस् बिद्युतिय हाजिरी मेशिन जडान गरिने बताउनुभयो । शिक्षक तथा अन्य कर्मचारीहरुलाई समयमै विद्यालयमा आउन र समयमै विद्यालयबाट घर जान प्रबिधिले सहयोग गर्ने उहाँको भनाई थियो ।

संघिय राजधानी काठमाडौंका प्रायस् सबै सरकारी, सार्बजनिक संस्थान तथा गैर सरकारी कार्यालयमा यो प्रबिधिको प्रयोग हुने गरेको छ । यस्तो प्रबिधिको प्रयोगले विद्यालयको ब्यवस्थापनमा चुस्तता आउने र विद्यालयको शिक्षामा गुणस्तर थपिने अध्यक्ष राईको विश्वास छ ।

शिक्षक बीरेन्द्र राईले समयमा विद्यालय आउन र घर जान पाईने भएकाले अब समयको ख्याल गर्न प्रबिधिले सिकाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्