सत्र वर्षपछि पक्राउ परे अभियुक्त



काठमाडौँ, पुस १७

अपराधी कहीँ गए पनि लुक्न सक्दैनन् भन्ने उदाहरण पेश गर्दै नेपाल प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रेपलाञ्चोक जिल्ला साविक खनालथोक गाविस–३ का ‘जीतेन्द्र’ भनिने ज्ञानेन्द्र श्रेष्ठलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी कानूनी दायरामा ल्याएको आज जानकारी दिएको छ ।

श्रेष्ठले विसं २०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका–३५ नाकारी टोलका विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार हुँदै आएका थिए । उनले व्यक्तिगत रिसिइबीका कारण हत्या गरेकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

आफ्नो वास्तविक परिचयसमेत लुकाइ नाम परिवर्तन गरी उनी फरार हुँदै आएकामा प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो । दुईदिन अघि पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News