पार्टी एकताको डाडुपन्यु सभापतिको हातमा छ : वरिष्ठ नेता पौडेल



गोरखा, पुस १७

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताउनुभएको छ ।आज नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

“म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।”

सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उहाँले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै “पार्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो”, भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News