आजबाट अनसन बस्ने डा. गोबिन्द केसीको तयारी



इलाम, पुस १८

सरकारले तोकिएको समयसिमा भित्र माग पुरा नगरेको भन्दै डा. गोविन्द केसीले आजबाट अनसन सुरु गर्नु हुने भएको छ । यो पटक डा. केसी इलाममा अनसन बस्नु हुने भएको छ ।

अनसनको तयारीका लागि डा केसी इलाम आईसकेको डा केसीका सहयोगी डा अभिषेक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार डा केसीले आजदेखि अनसन बस्ने तयारी गर्नुभएको छ ।

’अनसनको तयारीका लागि नै उहाँ इलाम आईसक्नु भएको हो,’ उहाँले भन्नुभयो, ’ उहाँले सरकारलाई दिएको अल्टिमेटम सकिएकाले अनसन सुरु गर्ने तयारी भएको हो।’ डा केसीको यो १६औं अनसन हो ।

डा. केसीको माग र सरकारले विगतमा गरेको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन । सरकारलाई माग पूरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उहाँले १६ औं अनसन सुरु गर्न लागेका बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News