न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने नवनियुक्त प्रधानन्यायाधीशको अठोट



काठमाण्डौँ, पुस १८

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
आज सर्वोच्च अदालतमा पदभारग्रहण गर्दै उहाँले आफ्नो पहिलो काम न्यायालयलाई भ्रष्टाचारमुक्त गर्नु रहेको बताउनुभयो ।

उहाँले अदालत सबै नागरिकको आत्मा भएकाले सबैको पहुँच पुग्नेगरी यसप्रतिको आस्था र विश्वास बढाउने उल्लेख गर्नुभयो । संविधानले दिएको अधिकारभित्र रहेर न्याय सम्पादन गर्ने उहाँको भनाइ थियो ।

राणाले अदालतलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने प्रण पनि गर्नुभयो । नवनियुक्त प्रधानन्यायाधीश राणाले अदालतमा हुने बिचौलियाको अन्त्य गर्ने दाबी पनि गनृभयो । उहाँले फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै अदालतलाई वैज्ञानिकीकरण र आधुनिकीकरण गर्दै लैजाने जानकारी दिनुभयो ।

आर्थिक अनुशासन कायम गर्नु आफ्नो दायित्व भएको भन्दै राणाले अदालतलाई संगठित गर्दै लगिने बताउनुभयो । प्रधानन्यायाधीश राणाले संसदीय समितिको सम्मान गर्दै न्यायाधीश दीपकराज जोशीलाई पेसी नतोकिनेसमेत बताउनुभयो । संसदीय समितिबाट अस्वीकृत भएपनि वरिष्ठतम् न्यायाधीशका हैसियतमा न्यायाधीश जोशीले मुद्दा हेर्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News