पूर्वमा रहनुभएका राष्ट्रपति भण्डारी आज इटहरीमा बस्ने



विराटनगर, पुस १८

प्रदेश नं. १ को भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरीको इटहरीमा बस्नु हुने भएको छ । उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको भोली बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ ।

सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो ।

सो समय उहाँको क्रमसङ्ख्या ३२० थियो । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News